दफा ४७
परिवारका सदस्य तथा संरक्षकको दायित्व
: (१) परिवारका सदस्य वा संरक्षकले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको अवस्था बमोजिम विशेष ध्यान दिई हेरविचार तथा पालन पोषण गर्ने र शिक्षाको अवसर उपलब्ध गराउनु पर्नेछ ।
(२) अपाङ्गता भएका कुनै व्यक्तिलाई उपचार नगराएमा थप जोखिममा पर्ने भएमा परिवारका सदस्य वा संरक्षकले निजलाई तत्काल उपचारको लागि नजिकको अस्पताल वा नेपाल सरकारले तोकिदिएको स्वास्थ्य संस्थामा पुर्याउनु पर्नेछ ।
(३) अपाङ्गता भएका व्यक्तिलाई घर परिवारबाट निकाला गर्न वा अवहेलना गर्न पाइने छैन ।
(४) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्व निर्वाह गर्न सहयोग पुग्ने गरी स्वयं हेरचाह र स्याहार सुसार सम्बन्धी तालिम तथा अन्य आवश्यक सेवा सहायता उपलब्ध गराउन सक्नेछ ।